Home Bibles ☰ Books एज्रा 4:13 · नेपाली बाइबल
एज्रा 4:13 · नेपाली बाइबल

अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

Cross references

एज्रा 4:20

त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

एज्रा 7:24

हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।

नहेम्याह 5:4

अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ।

भजनसंग्रह 52:2

तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।

भजनसंग्रह 119:69

मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।

मत्ती 9:9

जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।

मत्ती 17:25

पत्रुसले जवाफदिए, ‘हो, येशूले ती करहरू तिर्नुहुन्छ।”त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अधिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”

रोमी 13:6

अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।

Interlinear

Choose Theme