प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो।
Cross references
सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः30
“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।
अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं वर्ष देखि बत्तीशौं वर्ष, (बाह्र वर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं।
दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।