Home Bibles ☰ Books नहेम्याह 5:13 · नेपाली बाइबल
नहेम्याह 5:13 · नेपाली बाइबल

मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।”त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।

Cross references

गन्ती 5:22

पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘

व्यवस्था 27:14

“लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;

1 शमूएल 15:28

शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

1 राजा 11:29

एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

2 राजा 23:3

राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।

1 इतिहास 16:36

परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

नहेम्याह 8:6

एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।

भजनसंग्रह 50:14

यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।

भजनसंग्रह 76:11

हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।

भजनसंग्रह 119:106

तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।

हितोपदेश 28:4

जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छु। उसले तिनीहरूको विरोध गर्छ।

उपदेशक 5:5

बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन।

Interlinear

Choose Theme