Home Bibles ☰ Books नहेम्याह 2:5 · नेपाली बाइबल
नहेम्याह 2:5 · नेपाली बाइबल

र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस जहाँ मेरो पिता-पुर्खाहरू गाढिएकाछन्। जसमा म पुनःर्निर्माण गर्नसकूँ।”

Cross references

रूथ 2:13

तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”

2 शमूएल 14:22

योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

एज्रा 5:17

अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।

एस्तर 1:19

“यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। “आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्।

एस्तर 5:8

यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

एस्तर 7:3

अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।

एस्तर 8:5

र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।

हितोपदेश 3:4

तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।

दानियल 9:25

“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

Interlinear

Choose Theme