Home Bibles एस्तर 8:5 · नेपाली बाइबल
एस्तर 8:5 · नेपाली बाइबल

र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।

Cross references

प्रस्थान 33:13

यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

प्रस्थान 33:16

नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

1 शमूएल 20:29

उसले भन्यो, “मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्। त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”

एस्तर 2:4

अनि यी जवान स्त्रीहरू मध्य जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्। यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।

एस्तर 2:17

अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार थिए।

एस्तर 3:12

यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।

एस्तर 3:13

अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज-प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।

एस्तर 5:8

यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

एस्तर 7:3

अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।

Interlinear

Choose Theme