Home Bibles ☰ Books नहूम 3:1 · नेपाली बाइबल
नहूम 3:1 · नेपाली बाइबल

यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झुटले भरिएको छ। यो अन्य देशहरुबाट ल्याएको सामानहरुले भरिएकोछ।

Cross references

यशैया 17:14

त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।

यशैया 24:9

मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

यशैया 42:24

याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।

इजकिएल 22:2

“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?

इजकिएल 24:6

यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!

इजकिएल 24:9

यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ। म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।

होशे 4:2

मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।

नहूम 2:12

जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।

नहूम 2:13

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।

हबकूक 2:12

ती गुष्ट शासकहरुलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरुलाई मारेर शहरको निर्माण गर्छन अनि दुष्ट्याईंद्वारा शहरहरु स्थापित गर्छन् तिनीहरुलाई नराम्रो हुनेछ।

सपन्याह 3:1

यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ।

Interlinear

Choose Theme