म अब तिमीहरुलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरुको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चकनाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरु बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।
Cross references
म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।
कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
किन? किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।
अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।
म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।
“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन् आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए।
यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं।