तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
Cross references
होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।
यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,
अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।
यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिंडनु भन।”
तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।
त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरुलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु।
येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।