त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, ‘मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
Cross references
अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’
तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।
तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।