Cross references
सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।
ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।
विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो।
त्यसैले हामीले देख्ने नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सँधैको लागि हुनेछ।
जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।
हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।
त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।