Home Bibles ☰ Books मत्ती 3:5 · नेपाली बाइबल
मत्ती 3:5 · नेपाली बाइबल

यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।

Cross references

मत्ती 4:25

धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिसयरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

मत्ती 11:7

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?

मर्कूस 1:5

यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।

लूका 3:7

यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?

लूका 16:16

“परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन्

यूहन्ना 3:23

यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए।

यूहन्ना 5:35

यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

Interlinear

Choose Theme