Home Bibles मत्ती 3:4 · नेपाली बाइबल
मत्ती 3:4 · नेपाली बाइबल

यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।

Cross references

लेवी 11:22

यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।

व्यवस्था 32:13

परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।

1 शमूएल 14:25

युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे।

2 राजा 1:8

दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”

जकरिया 13:4

त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाकलो पोषाक लगाउँने छैनन्।

मलाकी 4:5

परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।

मत्ती 11:8

वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो।

मत्ती 11:18

मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनना। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छना।’

मर्कूस 1:6

यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।

लूका 1:17

तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”

प्रकाश 11:3

अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”

Interlinear

Choose Theme