Home Bibles लूका 24:2 · नेपाली बाइबल
लूका 24:2 · नेपाली बाइबल

चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।

Cross references

मत्ती 27:60

यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।

मत्ती 28:2

त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

मर्कूस 15:46

यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।

मर्कूस 16:3

ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”

यूहन्ना 20:1

हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।

Interlinear

Choose Theme