सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशुको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
Cross references
“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।
अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे।
यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंडन लगाउँछ भने उसित दुईमाइलसम्म जाऊ।
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।
कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबू शिमोन थिए। शिमोन आफ्नो खेतबाट र्फकिरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।
सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।
येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)
फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम
तर कतिपय यूहीहरू आए अनि स्तिपनसंग र्तक गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसंग बहस गरे।
तिनीहरूले उनलाई शहर बाहिर फयाँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू जजसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।
कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसंग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने।
एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए।
पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।