यूहन्ना 2:20 · नेपाली बाइबल
यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
Cross references
1 राजा 6:38
मन्दिर वर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
मत्ती 24:1
जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
लूका 21:5
केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो । परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”