Home Bibles मत्ती 23:9 · नेपाली बाइबल
मत्ती 23:9 · नेपाली बाइबल

अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ।

Cross references

2 राजा 2:12

एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।

2 राजा 6:21

इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”

2 राजा 13:14

एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”

अय्यूब 32:21

मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।

मलाकी 1:6

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ,यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौं? म तिमीहरूकोमालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।”तर तिमीहरू भन्छौ, “हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।”

मत्ती 6:8

त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासंग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ।

मत्ती 6:32

परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।

मत्ती 7:11

तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।

प्रेरित 22:1

पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

रोमी 8:14

परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।

1 कोरिन्थी 4:15

ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ।

2 कोरिन्थी 6:18

“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।”

1 तिमोथी 5:1

आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई जस्तै व्यवहार गर।

हिब्रू 12:9

यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।

1 यूहन्ना 3:1

हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।

Interlinear

Choose Theme