Home Bibles लूका 20:11 · नेपाली बाइबल
लूका 20:11 · नेपाली बाइबल

फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।

Cross references

होशे 10:1

इस्राएल त्यो दाख जस्तै छ जसले प्रशस्त मात्रमा फल दिन्छ। तर इस्राएलले झूटा देवत्हरूको निम्ति विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो। भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।

मत्ती 23:30

अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’

प्रेरित 7:52

तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।

1 थिस्सलोनिकी 2:2

हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।

हिब्रू 11:36

कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङलाले बाँधेर कैदखानामा फ्याँकियो।

Interlinear

Choose Theme