यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु।
Cross references
येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।”यसकारण यहोनादाब येहूको रथमा चढे।
परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
“हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”
‘जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँचो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्।
जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले द्ख्नु हुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।
‘जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन्। कपटीहरूले जस्तो आचरण नगर्। आफू उपवास बसेको कुरा माानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँचो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्।
अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
अहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छः“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”
हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।