“हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”
Cross references
यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।
प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ।प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्।