Home Bibles ☰ Books लूका 7:43 · नेपाली बाइबल
लूका 7:43 · नेपाली बाइबल

शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”

Cross references

भजनसंग्रह 116:16

हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!

मर्कूस 12:34

येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।

लूका 7:47

यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

लूका 10:38

जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।

1 कोरिन्थी 15:9

जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।

2 कोरिन्थी 5:14

ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।

1 तिमोथी 1:13

अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।

Interlinear

Choose Theme