Home Bibles ☰ Books मत्ती 15:9 · नेपाली बाइबल
मत्ती 15:9 · नेपाली बाइबल

तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।”

Cross references

प्रस्थान 20:7

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

लेवी 26:16

यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।

लेवी 26:20

तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

व्यवस्था 12:32

“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

1 शमूएल 25:21

अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरूभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो।

भजनसंग्रह 39:6

हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

भजनसंग्रह 73:13

यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु।

हितोपदेश 30:5

परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।

उपदेशक 5:2

परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ

यशैया 1:13

“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

यशैया 29:13

मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।

यशैया 58:1

तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।

मलाकी 3:14

तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नोपापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन।

Interlinear

Choose Theme