जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
Cross references
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।
हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।
“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।
यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छन्।”
तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।
तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”