Home Bibles मत्ती 13:33 · नेपाली बाइबल
मत्ती 13:33 · नेपाली बाइबल

येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’

Cross references

उत्पत्ति 18:6

अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।”

2 शमूएल 13:6

त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”

अय्यूब 17:9

तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।

हितोपदेश 4:18

तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

होशे 6:3

आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”

मत्ती 13:24

त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,

मर्कूस 13:20

उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।

लूका 13:21

त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठुलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।‘‘:13-14, 21-23)

यूहन्ना 15:2

म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।

यूहन्ना 16:12

“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।

1 कोरिन्थी 5:6

तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।

गलाती 5:9

होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।”

फिलिप्पी 1:6

परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।

फिलिप्पी 1:9

तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किःबुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बडदै जाओस्।

फिलिप्पी 2:13

परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

1 थिस्सलोनिकी 5:23

शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा , प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख।

2 पत्रुस 3:18

तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्। 

Interlinear

Choose Theme