“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।
Cross references
येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
तिमीहरूसंग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ । तर ममाथि उसको अधिकार चल्दैन।
म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।
दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।
हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिकने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।