यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ।
Cross references
किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।
यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।
पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।
आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।
अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।