येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
Cross references
एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे।
त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”
एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।
तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।
अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।