Home Bibles 2 राजा 4:33 · नेपाली बाइबल
2 राजा 4:33 · नेपाली बाइबल

एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।

Cross references

1 राजा 17:20

त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?”

1 राजा 18:26

यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!“ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

2 राजा 4:4

त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

2 राजा 5:11

नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।

2 राजा 6:17

तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।”परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

2 राजा 6:20

जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।”तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्।

मत्ती 6:6

जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले द्ख्नु हुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

लूका 8:51

येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।

यूहन्ना 11:41

तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।

प्रेरित 9:40

पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी र्फकिए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्।

याकूब 5:13

यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।

Interlinear

Choose Theme