येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसंग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसंग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
Cross references
चेलाहरूले भने, ‘तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।’
तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसंग कतिवटा रोटीहरू छन्?”चेलाहरूले जवाफ दिए, “हामीहरूसंग सातवटा रोटीहरू छन्।”
तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”
आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”