Home Bibles लूका 9:13 · नेपाली बाइबल
लूका 9:13 · नेपाली बाइबल

तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”

Cross references

गन्ती 11:21

तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’

2 राजा 4:42

बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्‌याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”

हितोपदेश 11:24

त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ।

मत्ती 14:16

येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”

मर्कूस 6:37

तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”चेलाहरूले येशूलाई भने, “के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”

यूहन्ना 6:5

येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”

Interlinear

Choose Theme