याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”
Cross references
त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।
नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
तिनीहरू संकटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती संकटहरूबाट बचाउनु भयो।
येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।
येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरु केही सक्तिको काम गर्नु भएन।
चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्टआत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।
तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”
येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।
येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।
मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।
शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि रागिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”
यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”
पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।
यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ।