अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।
Cross references
अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”
तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाहदैनौ।
तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।
त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”
थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए।
गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।
यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा - याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने।