Home Bibles व्यवस्था 5:25 · नेपाली बाइबल
व्यवस्था 5:25 · नेपाली बाइबल

तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाहदैनौ।

Cross references

व्यवस्था 18:16

परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’

व्यवस्था 18:17

“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो।

व्यवस्था 33:2

मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।

2 कोरिन्थी 3:7

मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनष्ठ्वुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो।

गलाती 3:10

तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”

गलाती 3:21

के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।

हिब्रू 12:29

किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

Interlinear

Choose Theme