धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
Cross references
शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’
येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”
येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।
हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।”
तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं
त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”
तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।