उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।
Cross references
“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
“तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ।
तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।
तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।
येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।