Home Bibles मर्कूस 14:64 · नेपाली बाइबल
मर्कूस 14:64 · नेपाली बाइबल

तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।

Cross references

लेवी 24:16

यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छ जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छ।

1 राजा 21:9

पत्र यस्तो लेखिएको थियो। घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।

मत्ती 26:65

प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ।

लूका 22:71

तिनीहरूले भने, हामीलाई अरू साक्षी किन खाँचो परयो? हामी आफैले उसले यसो भनेका सुनेका हौ!”

यूहन्ना 5:18

किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

यूहन्ना 8:58

येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”

यूहन्ना 10:31

फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।

यूहन्ना 19:7

यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

Interlinear

Choose Theme