Home Bibles मर्कूस 15:10 · नेपाली बाइबल
मर्कूस 15:10 · नेपाली बाइबल

पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।

Cross references

उत्पत्ति 4:4

हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो।अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।

उत्पत्ति 37:11

यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?

1 शमूएल 18:8

ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”

हितोपदेश 27:4

रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

उपदेशक 4:4

मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

मत्ती 27:18

पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।

प्रेरित 13:45

जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।

तीतस 3:3

अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गरयौं।

याकूब 3:14

यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।

याकूब 4:5

के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

1 यूहन्ना 3:12

कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।

Interlinear

Choose Theme