Home Bibles ☰ Books 1 शमूएल 18:8 · नेपाली बाइबल
1 शमूएल 18:8 · नेपाली बाइबल

ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”

Cross references

उत्पत्ति 37:8

यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।

उत्पत्ति 37:11

यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?

गन्ती 11:1

जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।

गन्ती 22:34

तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”

1 शमूएल 13:14

अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”

1 शमूएल 15:28

शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

1 शमूएल 16:13

शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।

1 शमूएल 20:31

जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”

1 राजा 2:22

राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”

एस्तर 3:5

अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।

हितोपदेश 13:10

घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।

हितोपदेश 27:4

रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

उपदेशक 4:4

मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

Interlinear

Choose Theme