Home Bibles मर्कूस 10:24 · नेपाली बाइबल
मर्कूस 10:24 · नेपाली बाइबल

अनि येशूका कुरामा चेलाहरू अचम्भित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।

Cross references

अय्यूब 31:24

मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”

भजनसंग्रह 17:14

हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

भजनसंग्रह 49:6

कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।

भजनसंग्रह 52:7

“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”

भजनसंग्रह 62:10

सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।

हितोपदेश 11:28

जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढछ।

हितोपदेश 18:11

एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।

हितोपदेश 23:5

धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।-8-

यर्मिया 9:23

परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।

इजकिएल 28:4

आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं।

हबकूक 2:9

हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।

सपन्याह 1:18

जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

मत्ती 19:25

जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, ‘यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?’

लूका 12:16

अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।

लूका 16:14

फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।

लूका 18:26

जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”

यूहन्ना 6:60

धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”

यूहन्ना 13:33

येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।

यूहन्ना 21:5

तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?”

गलाती 4:19

मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।

1 तिमोथी 6:17

यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

याकूब 5:1

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।

1 यूहन्ना 2:1

मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

1 यूहन्ना 4:4

मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।

1 यूहन्ना 5:21

यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख। 

प्रकाश 3:17

तिमीहरु दावी गर्छों तिमीहरु धनवान छौ। तिमीहरु सोच्छौ तिमीहरु सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरु जान्दैनौ कि तिमीहरु वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।

Interlinear

Choose Theme