त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
Cross references
तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।
परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
त्यो जवान मानिसले भने, ‘मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”
त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहनन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।
म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेटन सक्दैनथे।
तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको सेवा गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।