Home Bibles ☰ Books यशैया 58:2 · नेपाली बाइबल
यशैया 58:2 · नेपाली बाइबल

तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।

Cross references

व्यवस्था 5:28

“तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो।

1 शमूएल 15:21

गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”

हितोपदेश 15:8

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

यशैया 1:11

परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।

यशैया 29:13

मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।

यशैया 42:20

मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”

यशैया 48:1

परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”

यर्मिया 42:2

ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।

यर्मिया 42:20

तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’

इजकिएल 20:3

“हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’

इजकिएल 33:30

“‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।”

आमोस 5:18

आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन।

मत्ती 15:7

तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए,

Interlinear

Choose Theme