उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।
Cross references
जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे।
‘यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’
म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यत्तिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।’
“यदी कुनै मानसले आफ्नो पत्नीसंग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”
तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने उ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।
आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।
अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्
सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।