Home Bibles ☰ Books लूका 9:56 · नेपाली बाइबल
लूका 9:56 · नेपाली बाइबल

त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।

Cross references

मत्ती 5:39

तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।

मत्ती 18:10

‘होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्।

मत्ती 18:11

परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।

मत्ती 20:28

मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”

लूका 6:27

“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।

लूका 19:10

मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।”:14-30)

लूका 22:51

येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।

लूका 23:34

येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।

यूहन्ना 3:17

परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।

यूहन्ना 10:10

एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

यूहन्ना 12:47

म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

रोमी 12:21

दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

1 तिमोथी 1:15

म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

Interlinear

Choose Theme