त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?”पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
Cross references
अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्।
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”
“ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”
येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।
पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”
तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझन थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ।
अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन।
मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”