मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।
Cross references
हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।
यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।
जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।
मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।
तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलकोशिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।
ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।
शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।