Home Bibles प्रेरित 22:3 · नेपाली बाइबल
प्रेरित 22:3 · नेपाली बाइबल

“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलकोशिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

Cross references

व्यवस्था 33:3

हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुसरण गर्छन्।

2 शमूएल 21:2

(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।

2 राजा 4:38

एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”

लूका 2:46

तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।

लूका 8:35

मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।

लूका 10:39

मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।

प्रेरित 5:34

फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

प्रेरित 6:9

तर कतिपय यूहीहरू आए अनि स्तिपनसंग र्तक गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसंग बहस गरे।

प्रेरित 9:11

प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।

प्रेरित 9:30

जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

प्रेरित 11:25

त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए।

प्रेरित 15:23

मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,

प्रेरित 15:41

मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

प्रेरित 21:20

जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।

प्रेरित 21:39

पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”

प्रेरित 23:6

सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्‌दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”

प्रेरित 23:34

राज्यपालकले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालकले पावल सिलिसियाका हुन भनेर जाने।

प्रेरित 26:5

यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।

रोमी 10:2

यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।

रोमी 11:1

तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।

2 कोरिन्थी 11:22

के तिनीहरू हिब्रु हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हूँ।

गलाती 1:14

म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

गलाती 1:21

तब म सिरिया र सिलिसिया गएँ।

गलाती 4:17

ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खड हौ। तिमीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन।

फिलिप्पी 3:5

म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ।

Interlinear

Choose Theme