बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’
Cross references
“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।
यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।
एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।
यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?
यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’
धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।