अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।”
Cross references
“तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।
“तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।
इस्राएलीहरूको पुनर्स्थापनाको समयआउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दुखी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।
“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।
परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।