Home Bibles लेवी 25:50 · नेपाली बाइबल
लेवी 25:50 · नेपाली बाइबल

“तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।

Cross references

लेवी 25:40

महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।

लेवी 25:53

त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसंग दुष्ट व्यवहार नगरोस्।

व्यवस्था 15:18

“कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

अय्यूब 7:1

अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।

अय्यूब 14:6

यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।

यशैया 16:14

अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”अरामलाई परमेश्वरको सन्देश

यशैया 21:16

परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

Interlinear

Choose Theme