Home Bibles ☰ Books लूका 3:38 · नेपाली बाइबल
लूका 3:38 · नेपाली बाइबल

केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।

Cross references

उत्पत्ति 1:26

तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”

उत्पत्ति 2:7

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

उत्पत्ति 4:25

आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”

यशैया 64:8

तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।

प्रेरित 17:26

अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

1 कोरिन्थी 15:45

धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”

1 कोरिन्थी 15:47

पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।

Interlinear

Choose Theme