जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
Cross references
मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस वर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे।
भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।
तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।
यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।
तीसदेखि पचास वर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो।
तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।
यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो।
यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।
के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?’
यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। उ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’
प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।